काठमाण्डु – पूर्ब परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ ले पुस्तक बजारमा एकाधिकार कायम गरेको छ । यसैले प्रकाशनको दुई हप्तामा नै दोस्रो स“स्करण छाप्ने तयारी शुरु भएको प्रकाशन सस्थाले जानकारी दिएको छ ।
नेपाली राजनीतिमा बिदेशी हस्तक्षेपको तथ्यगत बिबरण भएको क्रान्ति र प्रतिक्रान्ति पुस्तकमा नेपालले भोगी रहेको प्रतिक्रान्तिको निरन्तरताको चरित्र र यस्लाई रोक्ने उपाय बताइएको छ ।
साथै बिपी कोइरालाले राजनीति, धर्म, क्रान्ति र साहित्यबारे पाण्डेलाई लेखेका हस्तलिखित पत्रहरु प्नि पुस्तकमा समावेश छन् । यसैबीच रमेशनाथ पाण्डेद्धारा लिखित ‘कूटनीति र राजनीति’ को छैटौ संस्करण पनि गत साता हप्ता प्रकाशित भएको छ ।
प्रतिक्रिया