भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी


काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको  बताएकि छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकि छिन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ ।