पुनर्निर्माणकाे गति तिव्र बनाउन प्रधानमन्त्रीकाे निर्देशन

पुनर्निर्माणकाे गति तिव्र बनाउन प्रधानमन्त्रीकाे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनुपर्ने बताएका छन्।

२०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल,लोकतान्त्रिक नेपाल,समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको बताए।

ओलीले भूकम्पले ध्वस्त भएका संरचना निर्माणको अवधी ५ बर्ष भनिए पनि त्यस अनुसार प्रगति हुन नसकेको बताए। “हामीले ५ वर्षमा पुननिर्माण सक्ने योजना गरेका थियौं” प्रधानमन्त्री ओलीले भने, “तर अनेक बहाना र केही कानुनी जटिलताले त्यो लक्ष्य प्राप्त गर्न सकिएन । तर अब यी सबै कुरालाई उछिनेर तिव्रताका साथ पुननिर्माणको काम गर्नु पर्दछ। ”

अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला २०७२ फागुन ४ गते म बनाउछु मेरो धरहरा कार्यक्रम घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यो अभियानलाई जसरी पनि पुरा गर्ने प्रतिवद्धता जनाए।

“भूकम्पसंगै ढलेको धरहरालाई अब नेपाली आंफैंले स्वाभिमानका साथ उठाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि सबै नेपालीले थोरै भए पनि योगदान गरौं ।” धरहरा पुननिर्माणका लागि सरकार र आफू व्यक्तिगत रुपमा पनि योगदान गर्न तयार रहेको प्रधानमन्त्री ओलीले बताए “धरहरा निर्माणका लागि म कोदालो खन्न अथवा डोकामा इटा बोक्न पनि तयार छु ” प्रधानमन्त्रीले भने।