सी चिनफिङ यसरी बने चीनमा सर्वमान्य नेता

सी चिनफिङ यसरी बने चीनमा सर्वमान्य नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी– चिनियां कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस बुधवार सम्पन्न हुदैछ । चिनिया कम्युनिष्ट पार्टीको सम्मेलनले यसपटक राष्ट्रपति सी चिनफिङलाई अझ शक्तिशाली बनाएको छ । सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा समावेश गरेको छ ।

 

 

 

अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले राष्ट्रपती सीलाई चीनमा चिनिया नेता माओत्सेतुङ र देङपछिकै सवैभन्दा शक्तिशाली नेताका रुपमा चित्रण गरेका छन् । उनको विचारलाई चीनमा संविधानमै राख्ने तयारी छ । चीनमा सवै नेताहरुले पार्टीको विधानमा आफ्नो विचारधारालाई समावेश गरेपनि त्यसले वादको रुपमा भने ग्रहण गरेको थिएन ।

 

 

पार्टी अध्यक्ष माओको विचारले भने माओवाद रुपमा विचार ग्रहण गरेको थियो । कतिपयले हालका चिनिया राष्ट्रपति सीलाई १० वर्षको कार्यकालपछि फेरी ५ वर्ष अरु शासन गर्न सक्ने अनुमान समेत गरिएको छ ।

 

 

पार्टीको विधानमै ‘सि चिनफिङ वाद’ राखिएपछि चीनमा अव उनि सवैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित भएका छन् । एक साताअघि सुरु भएको चिनिया कम्युनिष्ट पार्टीको सम्मेलनमा राष्ट्रपती सी ले एक घण्टा लामो भाषण गरेका थिए ।