राजपाको युवा संघका अध्यक्षसहित युवा नेताहरू माओवादीमा, राजपाले मधेसी जनतालाई धोका दिएको आरोप

राजपाको युवा संघका अध्यक्षसहित युवा नेताहरू माओवादीमा, राजपाले मधेसी जनतालाई धोका दिएको आरोप


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सम्वद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेलसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

अध्यक्ष पटेलसहित महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पटेल लगायतका नेताहरु मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गराए।

 

 

राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पटेलले जानकारी दिए।

 

 

 

माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष पटेलले राजपाले मधेशका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेशी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ति केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताए।