काठमाण्डु – भारतले सरकारले २ करोड ५८ लाखको लगानीमा विद्यालय भवन निर्माण गरेको छ । नेपाल भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्र्तगत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन भएको हो ।
भारतिय राजदूतावास,जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले भिडियो कन्फरेन्समार्फत उक्त नयां भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नवलपुर जिल्लाको देवचुली ७ मा अवस्थित उक्त विद्यालय १९६९ मा स्थापना भएको हो । १२ कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा कुुल विद्यार्थीमध्ये ५५ प्रतिशत छात्रा रहेका छन् ।
नयां विद्यालय भवनमा १६ वटा कक्षा कोठा,प्रयोगशाला,प्रशासन तथा कर्मचारी कक्ष,बैठक कक्ष,चमेना गृह,औषधी कक्ष र सरसफाई सुविधा समेत रहेको छ ।
साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्र्तगत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को उदाहरण हो । यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको छ ।
प्रतिक्रिया