बुद्ध जयन्तीको शुभकामना दिंदै प्रचण्डले भने ‘आर्थिक समृद्धि र विकासका लागी एकता आवश्यक’

बुद्ध जयन्तीको शुभकामना दिंदै प्रचण्डले भने ‘आर्थिक समृद्धि र विकासका लागी एकता आवश्यक’


काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहांले सोमबार दिएको शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको परिचय भएको बताउनु भएको छ ।

उहाले शुभकामाना सन्देशमा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्दै बुद्ध जयन्तीको अवसरमा देशको आर्थिक समृद्धि र विकासका लागि सबै राजनीतिक दलहरुलाई गोलबन्द हुन समेत आव्हान गर्नुभएको छ ।

त्यसैगरी पुर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले किरांत समुदायको पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरांत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।