ओलीको राष्ट्रबाद सत्ता चढ्ने सिंढी मात्रै हो – देउवा

ओलीको राष्ट्रबाद सत्ता चढ्ने सिंढी मात्रै हो – देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लम्पसारवाद भएको टिप्पणी गरेका छन् ।

आज गेटा बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने- ‘ओलीको राष्ट्रबाद सत्ता चढने सिंढी मात्रै हो त्यो अब पुरा भएको छ । ’ देउवाले बिगतका सरकारले कायम गरेको भारतसँगको सन्तुलनको सम्बन्ध ओली सरकारले बिगारि रहेको आरोप समेत लगाए ।

‘ओली सरकार तानाशाही ढंगबाट चलेको छ’ उनले भने-‘ लोकतन्त्रलाई मासेर आयातित कम्‍युनिष्टवाद लाद्‍न खोजिदैछ सरकार नसच्चिए काग्रेस बाध्य भएर सडकमा उत्रने छ ।’

देउवाले बिगतको सरकारले भारतसँग गौरीफण्टा नाकाको स्तरोन्न्ती र डडेल्धुराको पर्शुराममा रहेको शारदा नदीमा पक्की पुल निर्माण गर्ने कुरो गरेको तर यो सरकारको पालामा ती कुरा ओझेल पर्दै गएको गुनासो गरे ।

यसै बिच देउवाले अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नबनिर्मित भवनको भोलि एक कार्याक्रमकोबिच उदघाटन गर्ने कार्यक्रम रहेको क्याम्पसका प्रमुख डम्मर पालले जानकारी दिए ।