पार्थिव पटेलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पार्थिव पटेलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा


एजेन्सी – भारतीय क्रिकेटर पार्थिव पटेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ३५ वर्षिय पटेलले क्रिकेटको सबैखाले फर्म्याटबाट आफुले सन्यास लिएको जानकारी दिएका हुन् ।

सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका पटेल सबैभन्दा कम उमेरमा विकेटकिपर बनेका खेलाडी हुन् ।उनले सन् २०१८ मा दक्षिण अफ्रिकासँग अन्तिम टेस्ट खेल र सन् २०१२ मा श्रीलंका विरुद्ध अन्तिम वन डे खेलेका थिए ।