‘वैशाख २२ मा पार्टी एकता’

‘वैशाख २२ मा पार्टी एकता’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यही वैशाख २२ गतेभित्रै एमाले– माओवादी केन्द्रबीच एकता हुने स्पष्ट पारेका छन्।

सोमबार साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘ढुक्क हुनुहोस् यही वैशाख २२ गते पार्टी एकता हुन्छ, २३ गतेबाट हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुन्छौं।’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएकोले उनीहरुले छिट्टै एकता टुंगो लगाउने फुँयालले जिकिर गरे। पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखेको सपना अब ओली र प्रचण्डले पूरा गर्ने उनको भनाइ थियो।

साक्षात्कारमा कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर यही वैशाख २२ गते नै आफूहरुले एकता गर्ने प्रवल सम्भावना रहेको नेता फूयाँलले जानकारी दिए।

नेताहरुको व्यवस्थापनमा खासगरी नेतृत्वमा विवाद रहेको यथार्थ भएपनि नेताद्वय ओली र प्रचण्डले त्यसलाई सहज रुपमा हल गर्ने उनको विश्वास थियो। माओवाद र जनयुद्ध राख्नेबारे आफूहरु अहिले पनि छलफलमा नै रहेको बताउँदै उनले भने, ‘जबज र २१ औं जनवाद यी सबैको न्यायिक इतिहास लेखिनुपर्छ ।’

उनले पनि दुवै दलबीच सम्मानजनक रुपमा एकता हुने विश्वास दिलाए । ‘सर्वोच्च र आधार दुवै तहका नेताको सम्माजनक रुपमा व्यवस्थापन हुन्छ’ –उनले थपे ।