स्मार्ट टेलिकमले ल्यायो नेपालमा हालसम्मकै तीव्र गतिको फोरजी, थाहा पाउनुहोस ६ अफर

स्मार्ट टेलिकमले ल्यायो नेपालमा हालसम्मकै तीव्र गतिको फोरजी, थाहा पाउनुहोस ६ अफर


काठमाडौं– दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा ल्याएको छ।

 

स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउने भएको हो।

 

तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए।

 

स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ।

 

१८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी सञ्चालन गर्ने भएको छ। उक्त ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी भएको कम्पनीले गएको जेठमा नियमक निकाय दूरसंचार प्राधिकरणबाट प्रविधि तटस्थतताको अनुमति पाएको थियो।

 

सन् २००८ मा पश्चिमाचंल विकास क्षेत्रबाट सिमित क्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो।

 

६ अफर

१. प्रतिसेकेन्ड एक पैसाका दरले फोन गर्न सकिने।

 

२. एक महिना भाइबर र वाट्स एपमा निःशुल्क कल गर्न सकिने।

 

३. एक जिबी डाटा २ सय ३५ रुपैयाँमा एक महिनासम्म प्राप्त गर्न सकिने।

 

४. एक सय ४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने।

 

५. ८५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिनसम्म प्रयोग गर्न सकिने।

 

६.१५ रुपैयाँमा ७५ एमबी डाटा प्रत्येक दिन प्रयोग गर्न सकिने।