काठमाण्डु – हास्य कलाकार मनोज गजुरेलसँग विवाह हुने हल्ला चलेपछि नायिका वर्षा सिवाकोटी तनावमा परेकी छिन् । केही मिडियामा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ शीर्षमा समाचार आएपछि उनले आपत्ति जनाएकी छिन् ।
उनले यस्ता समाचार हेरेर आफूलाई दया लागेको बताएकी छिन् । उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाउन सुझाव दिएकी छिन् ।
‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’, उनले भनेकी छिन्, ‘आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?’
प्रतिक्रिया