काठमाण्डु – हास्यकलाकार मनोज गजुरेलले आफु पूर्वपत्निको अनावश्यक गाली–बेइज्जतीबाट पीडित भैरहेको बताएका छन् ।
कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत आफु पीडित भइरहेको बताउँदै पूर्व पत्नि मिना ढकालविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।
केही दिन अगाडि दोस्रो विवाह गर्न लागेको सार्वजनिक गरेका थिए । उनको उक्त विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन् ।
३ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । दोस्रो विवाहको चर्चा चल्दै गर्दा मनोजले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका हुन् ।
सकिएको सम्बन्धको आधारहीन आरोप प्रत्यारोपले आफ्ना छोराछोरीलाई समेत ठुलो असर पर्न थालेको भन्दै गजुरेलले सहनुको सीमा नाघेकोले आफूसँग कानुनी विकल्प बाहेकको बाटो नरहेको समेत स्पष्ट पारेका छन् ।
‘झन्डै ३ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गाली बेइज्जतीको क्रम रोकिएन,’ उनले लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’
प्रतिक्रिया