बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया उडे

बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया उडे


काठमाण्डु – नेपाली स्पीनर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । अस्टेलियामा जारी बिग ब्यास लिग बीबीएल खेल्न उनी आज ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सन्दीपले बीबीएलमा डिसेम्बरमा खेलहरु नखेले पनि जनवरी पछिका खेलहरुमा सहभागिता जनाउने सन्दीपका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा रहेका सन्दिप संक्रमणको १० दिनपछि निको भएर उनी आज अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।