त्रिशुली दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

त्रिशुली दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शनिबार विहान धादिङको गजुरी गाउँपालिका–५, बांगेमोडबाट बस त्रिशुली नदिमा खस्दा ठूलो मानवीय क्षति भएको घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

 

 

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले शनिबार साँझ प्रेस नोट जारी गर्दै उपराष्ट्रपति बढ्दो सडक दुर्घटनाप्रति चिन्तित रहेको समेत बताएका छन् ।

 

 

 

 

 

‘उहाँले बढ्दो सवारी दुर्घटना र त्यसबाट भईहेको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ’, प्रेस नोटमा भनिएको छ, ‘उहाँले सडक सुरक्षालाई प्रभावकारी बनाई दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकार र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराउनुभएको छ ।’

 

 

 

 

उपराष्ट्रपतिले दुर्घटनामा परि घाईते भएकाहरुको शिख्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरुको खोजी कार्यलाई प्रभावकारी बनाउने ध्यानाकर्षण गराएका छन् । सोमबार विहान त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।