काठमाडौं– शसस्त्र प्रहरी बलको मुख्यालयले एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । गृहमन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएसंगै संगठन प्रमुख शैलेन्द्र खनाल बढुवाको तयारीमा जुटेको उनि निकट स्रोतले जानकारी दियो ।
शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ ।
बढुवा सुचीमा पर्नेमा प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायण दत्त पौडेल, गोविन्द क्षेत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत छन् ।
यी मध्ये सबैको एसएसपीमा बढुवा भएको मिति भने फरक–फरक छ । एसएसपीहरु प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल र नारायण दत्त पौडेल २०७० साल जेठ दुई गते बढुवा भएका थिए भने सीपी गौतम र गोविन्द्र क्षेत्री २०७० साल साउन २ गते बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरु हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत भने २०७१ साल पुष २१ गते एसएसपीमा बढुवा भएका थिए ।
यी मध्ये प्रजा भक्त प्राविधिक इन्जिनियर हुन् भने उनको कार्यसम्पादन समेत सन्तोषजनक छैन् । सशस्त्रमा प्राविधिक अधिकृत नै संगठनको प्रमुख भएकाले उनि पनि बढुवाको सूचीमा छन् । यसैगरि संजय राणा आइए पास मात्र छन् । शसस्त्रको नियमावली अनुसार डिआइजी पदको लागि बिए पास अनिवार्य चाहिन्छ । यस हिसावले उनी डिआइजीको लागि योग्य उम्मेदवार होइनन् । तर पनि उनी प्रतिस्पर्धाको मैदानमा छन् । राणा सेनाबाट सशस्त्रमा आएका सिनियर अधिकारी हुन् । राणाले अहिले एआईजी रहेका सशस्त्रका अधिकारीभन्दा पहिले नै सेवा प्रवेश गरेका थिए ।
एसएसपी भरत श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । उनले पनि आइए मात्र पास गरेका छन् । यस हिसावले उनी पनि योग्य उम्मेदवार होइनन् । एसएसपीहरु गोविन्द क्षेत्री, भरत श्रेष्ठ र सञ्जय राणा तीनै जना सेनाको २९ बेसिकका अधिकृत हुन ।
बढुवाको सूचीमा रहेका नारायणदत्त भने शसस्त्रमा राम्रो छवि भएका अधिकारी मानिदैनन् । नारायण पुर्वको बराह बाहिनीमा हुँदा चेन अफ कमाण्ड बे्रेक गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए । पौडेलमाथी रेकर्डमा जनाउने गरी कार्वाही भएको थियो । एसएसपी पौडेललाई ककनीको शसस्त्रको तालिम केन्द्रमा प्रमुख हुँदा विदा छाडेर रासनमा अनियमितता गरेको अभियोगमा समेत लागेको थियो ।
यिनै नारायणदत्तलाई अहिले आइजी शैलेन्द्र खनालले बढुवाको पहिलो नम्बरमा राख्ने कसरतमा जुटेका छन् । उनी नारायणदत्तलाई आफ्नो सचिवालयमा ल्याउन चाहन्छन् । यद्यपी बढुवा प्रकृया सुरु भएको छैन तर आफु निकट नारायणदत्तलाई पहिलो नम्बरको डिआइजी बनाएर सचिवालयमा तान्ने उनको योजना रहेको छ । बढुवाको दौडमा रहेका एसएसपी राजु अर्याल व्यवसायकी अधिकृत मानिन्छन् । उनि आफ्नो ब्याचमा समेत एक नम्बरमा रहेका छन् ।
यी मध्ये केही राम्रा उम्मेदवार पनि छन् जो साँच्चैकै डिआइजी पदको लागि योग्य छन् । तर,आइजी निकट नहुँदा उनीहरु पछाडी परेका छन् । योग्य उम्मेदवार हुँदा हुँदै आरोप लागेका र राम्रो छवि नबनाएका उम्मेदवार पौडेल बढुवाको लागी अहिले शक्तिकेन्द्र धाइरहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया