रक्षामन्त्रीसँग थाइल्याण्डका आर्म्ड फोर्सका प्रमुखद्वारा भेट

रक्षामन्त्रीसँग थाइल्याण्डका आर्म्ड फोर्सका प्रमुखद्वारा भेट


काठमाडौं- नेपालको चार दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं अाएका थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवानले बुधवार रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । रक्षा मन्त्रायलमा भएको भेटमा दुई देश विचको सम्वन्ध र सेनाहरु विचको सम्वन्धलाई थप मजवुद बनाउने बारेमा छलफल भएको छ ।

५७ वर्षदेखिको दुई देशविचको औपचारिक सम्वन्धलाई मजवुद बनाउन सद्यौ देखि नै बुद्ध धर्मले पुलको काम गरिरहेको बताउँदै रक्षामन्त्री पोखरेलले भूकम्पपछि उद्धारको काममा प्राप्त भएको सहयोगको प्रसंम्सा गरे ।

संयुक्त सैन्य तालिमलगायतका आदानप्रदानका कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने बारेमा पनि छलफल भएको थियो । सेना प्रमुख सिसुवान आज लुम्विनी र भोली पोखराको भ्रमणमा जाने कार्यक्रम छ ।