काठमाडौंमा ‘लिभिङ टुगेदर’ जोडीको सहाराः सेक्सपछि ‘आईपिल’ चक्की

काठमाडौंमा ‘लिभिङ टुगेदर’ जोडीको सहाराः सेक्सपछि ‘आईपिल’ चक्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– ‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आईपिल) मा निर्भर हुने गरेको पाइएको छ । उनीहरूको एउटै चाहना हुन्छ, नियमित सम्बन्ध कायम गर्न पाइयो, गर्भ पनि नबसोस्।

 

 

 

असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पाइएको छ ।

 

 

 

विवाहित महिलाले निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने गरेका छन्। ‘पछिल्लो समय ७२ घण्टे चक्की व्यपक मात्रामा दुरुपयोग भइरहेको छ’, हाम्रो सहयात्री अस्पतालका निर्देशक एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मेनु आचार्य मन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी छन्।’

 

 

 

सामाजिक सञ्जालमा फेसबुक र यु ट्युबमा अश्लिल चलचित्र सजिलै हेर्न पाइने कारण पनि विपरीतलिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रम बढेको छ । हतार र असुरक्षित यौनसम्बन्धबाट बस्नसक्ने र अवैध सम्बन्धबाट बस्ने गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म चक्की आईपिएल प्रयोग गर्ने गरेको पाइएको डा. आचार्यले बताइन् ।

 

 

 

 

आई पिलको दुरुपयोगले भविष्यमा उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि अपांगता भएका जन्मिने खतरा रहेको उनी बताउछिन् ।

 

 

नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालका अनुसार आई पिल चक्की अन्य परिवार नियोजनका साधनजस्तो नभएको बताउँछन्। यसको दुरुपयोगले महिलाको प्रजनन हर्मोनमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।