बामपन्थीको सरकारबाट मात्र विकास र समृद्धि सम्भव : पुर्वगृहमन्त्री बस्नेत

बामपन्थीको सरकारबाट मात्र विकास र समृद्धि सम्भव : पुर्वगृहमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 जाजरकोट–नेकपा (माओवादी केन्द्र)का नेता शक्तिवहादुर वस्नेतले  समयको माग र आवश्यकताले एमाले र माओवादी केन्द्र एक ठाउमा आएको बताएका छन् । उनले बामगठवन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै त्यसपछि मात्र मुलुकमा तिव्र विकास हुने दाबी बताएका छन् ।

 

 

 

जाजरकोट सदरमुकाम खलङगामा भएको चुनानी प्रशिक्षणलाई मंगलवार सम्वोधन गर्दै नेता वस्नेतले स्रोत र साधनको न्यायोचित वितरण भएमा मात्र साच्चिकै विकास र सम्वृद्धी ल्याउन सकिने बताए । उनले त्यसका लागी बहुमतको सरकार आवश्यक भएको दाबी गरे ।

 

 

 

पुर्व गृहमन्त्री समेत रहेका नेता वस्नेतले समाजवादको मुख्य नारा दुवै दलको साझा एजेण्डा भएको बताए । कार्यक्रममा सम्बोधन गर्दै उनले भने ‘दुवै दलका नेताहरुले परिस्थीती बुझेर नै तालमेल र पार्टी एकता गर्ने निर्णय गर्नुभएको हो, यो समयको माग पनि हो । ’

 

 

निकट भविश्यमा वन्दै गरेको वामपन्थी सरकारले सवै जनताका ईच्छा पुरा गर्ने भएकाले सवै नेता तथा कार्यक्रतालाई उत्साहित भई वलियो दल निर्माण गर्ने अभियानमा लाग्न बस्नेतले निर्देशन दिए ।