मोदीको नेपाल भ्रमणमा अोलीले घोषणा गरेका यी विषयमा हुनेछ हस्ताक्षर !

मोदीको नेपाल भ्रमणमा अोलीले घोषणा गरेका यी विषयमा हुनेछ हस्ताक्षर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर –  बैशाख २८ गतेदेखि नेपालको राजकीय भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्रीकाे २ दिने भ्रमणको क्रममा विभिन्न साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएका केही घोषणाहरु जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा भएका केही घोषणाहरुलाई समझदारी र सम्झौतामा रुपान्तरण गरिनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमण गरेका थिए । मोदी यही बैसाख २८  गते जनकपुरबाट नेपाल भ्रमणको सुरुवात  गर्दैछन् । मोदी दोस्रोदिन मुक्तिनाथको दर्शन गरेपछि काठ्माडौं फर्कने र सो विषयमा दुई देशबिच हस्ताक्षर हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।