शान्ती र स्थिरता तर्फ नेपाल : प्रम ओली

शान्ती र स्थिरता तर्फ नेपाल : प्रम ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन्।

स्थानीय तह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताएका हुन्।

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति,समानता,समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताए।

नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने व्यवस्था गरेको उनले स्मरण गराए। “शिक्षाका अतिरिक्त स्वास्थ्य,हेरचाह,व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ” प्रधानमन्त्री ओलीले भने।

नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको प्रधानमन्त्ती ओलीको भनाइ छ। “नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो ” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।”

प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधिको प्रयोग गरिने बताए।