विचार र राजनीतिलाई केन्द्रमा राखेर पार्टी एकता : प्रचण्ड

विचार र राजनीतिलाई केन्द्रमा राखेर पार्टी एकता : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने बताएका छन्।

संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग समानताका आधारमा पार्टी एकता हुने बताएका हुन्।

प्रचण्डले माओवादी नेता–कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु भएकाले कोही कसैले पनि त्यस्तो हिम्मत गर्न नसक्ने स्पष्ट पारे। उनले समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महानअभियानलाई साथ दिन युवापंक्ति नै एकताबद्ध भएर परिचालित हुनुपर्ने बताए।

युवालाई नीतिनिर्माणमा नल्याए देश दुर्घटनामा पर्नेछ भन्दै उनले पार्टी सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पष्ट पारे। उनले शहीद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विचार निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले आलोचनात्मक चेतका साथ राजनीतिक विषयवस्तुलाई बुझनुपर्नेमा जोड दिए। माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री रामबहादुर थापाले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्यको अभियानमा साथ दिन युवालाई आग्रह गरे।