विमानस्थलमा दोहोरो सुरक्षा जाँच

विमानस्थलमा दोहोरो सुरक्षा जाँच


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्यमा जाने यात्रुका लगेज अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ।

यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ। हाल अन्तर्रा्ष्ट्रिय टर्मिनल भवनमा रहेको प्रस्थान कक्षको मूल ढोकामा एक पटकमात्र यात्रुका लगेज एक्सरे मेसिनबाट जाँच हुँदै आएको खखबर अाजकाे नागरिक दैनिकले छापेकाे छ।

आगामी जेठ ७ बाट भने डिर्पाचर कक्षामा जाँच गरिएपछि पनि वायुसेवा कम्पनीहरुको काउन्टरबाट पास भएका लगेज पुनः अर्को एक्सरे मेसिनबाट जाँच गर्ने निर्णय भएको हो।

’जेठ ७ बाट विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने निर्णय भइसकेको छ र त्यही दिनबाट यात्रुका लगेज पनि दुईवटा एक्सरे मेसिनबाट जाँच गर्ने छौं’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले भने, ‘पहिले एक्सरे मेसिनमा छुटेका वा नदेखिएका सामान यस्तो व्यवस्थापनपछि पुनः पत्ता लगाउन सकिने छ।’