प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो वाग्मतीलाई २३० रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो वाग्मतीलाई २३० रनको लक्ष्य


काठमाण्डु – विभागीय टोली त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको हो ।

आर्मीका लागि राजेश पुलामीले ९१ बल खेल्दै चार चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए । आर्मीले १७ रन बनाउँदा तीन विकेट गुमाएको थियो । लोकेश बम र भीम सार्कीले आर्मीको इनिङ उकासे । लोकेश २३ रन बनाएर आउट हुँदा भीमले ४० रनको योगदान गरे । आर्मीका कप्तान विनोद भण्डारी १० रन बनाएर आउट भए । विक्रम सोबले ३५ रन जोडे ।

बलिङतर्फ वाग्मतीका लागि गौतम केसीले सार्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभर फालेर ६१ रन खर्चे । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक मण्डारी र विपीन आचार्यले समान एकरएक विकेट लिए ।