बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत हुँदैछ : मन्त्री बस्नेत

बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत हुँदैछ : मन्त्री बस्नेत


भिमदत्तनगर- वन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत भईरहेको खुलासा गरेका छन् । मन्त्री बस्नेतले मंगलबार कन्चनपुरमा पार्टी कार्यकर्ता भेटका क्रममा भट्टरार्इलार्इ पनि पार्टी एकतामा सँगै लैजाने कसरत भर्इरहेकाे खुलासा गरेका हुन् ।

माअाेवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले पार्टी एकता प्रतिशतका हिसावले नभई राजनीति कार्यदिशा र सांगठानिक हिसावले हुने दावी गरे ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्दे उनले भने ‘अब यो स्थिर सरकारले निकुञ्ज अासपासका पिडित जनतालाई स्थाई राहात उपलब्ध गराउनेछ र निकुन्जको सुरक्षालाई बिषेश ध्यान दिनेछ ।’

मन्त्री बस्नेतलाई निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेले निकुञ्जको अबस्थाबारे जानकारी गराएका थिए । उनले शुक्लाफाटालाई पश्चिम नेपालको प्रमुख पर्यटकिय गन्तब्य बनाउन सकिनेमा जोड दिएका छन ।

मन्त्री बस्नेतले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आकर्षण बढाउने खालको कार्यक्रम मन्त्रालयमा पेश गर्न  निर्देशन समेत दिए । शुक्लाफाटा अारक्षण २०३१ सालमा स्थापना भई २०७३ फाल्गुन निकुञ्ज भएको हो ।