पीएम कपः आर्मीले दियो एपीएफलाई २१२ रनको लक्ष्य

पीएम कपः आर्मीले दियो एपीएफलाई २१२ रनको लक्ष्य


काठमाण्डु – प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो ।

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे । लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे ।

आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुले । भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सके । कप्तान विनोद भण्डारीले एपिएफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके ।

राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भयो । किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरे । विक्रम शोव ११ रनमा आउट भए । सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडे । उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडे ।

बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिए। किशोर महतोले २ विकेट हात पारे । उनले १० ओभरमा ५३ रन खर्चिए ।

कमलसिंह ऐरी, भुवन कार्की र कप्तान शरद भेषवाकरले १(१ विकेट हात पारे।