पीएम कप क्रिकेटः एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधि

पीएम कप क्रिकेटः एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधि


काठमाण्डु – प्रधानमन्त्री क्रिकेट कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ४१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।

१ सय ७८ रन बनाएको एपीएफका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले राम्रो ब्याटिङ गरे । उनले ७१ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्दतमा ६१ रन प्रहार गरे ।

यस्तै, एपीएफका लागि शंकर रानाले २१ रन, सुमित महर्जनले १९ रन, ओपनर सुवास खकुरेलले १४ रन बनाए ।

आर्मीविरुद्धको खेलमा ‘वान डाउन’ मा आएका कप्तान शरद भेषावकर ‘गोल्डेन डग’ भएका थिए । उनलाई आर्मीका जितेन्द्र मुखियाले ३.२ ओभरमा विकेट किपर विनोद भण्डारीमार्फत् क्याच गराए ।

एपीएफविरुद्ध आर्मीका लागि तीव्र गतिका बलर जितेन्द्र मुखियाले ९ ओभर बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिएका थिए । उनले १४ रनमा खेलिरहेका सुवास, ६१ रनमा खेलिरहेका आसिफ शेख र कप्तान शरदलाई शून्य रनमा आउट पारे ।

उनले सुवास र शरदलाई विकेट किपर भण्डारीबाट क्याच गराए भने आसिफलाई रोहित पौडेलमार्फत् क्याच गराए ।

बिक्रमले ९ ओभर बलिङ गरेर २७ रन खर्चेर ३ विकेट लिए । उनले २१ रनमा खेलिरहेका सन्दीप जोरालाई हरि चौहानबाट क्याच गराएका थिए ।

उनले १९ रनमा खेलिरहेका आर्मीका सुमित महर्जनलाई हरि चौहानमार्फत् क्याच गराए भने ९ रनमा खेलिरहेका भुवन कार्कीलाई एलबीडब्लु आउट पारे ।

आर्मीका साहब आलमले कमलसिंह ऐरी र अभिनाष बोहरालाई आउट पारेका थिए ।

यस्तै, आर्मीका लागि अन्तिम तिर ब्याटिङमा आएका शाहब आलमले २१ रनमा खेलिरहेका एपीएफका शंकर रानालाई कप्तान भण्डारीमार्फत् क्याच गराए भने सुशन भारीले यसअघि पहिलो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीका लागि हरि चौहानले अर्धशतकिय इनिङ्स खेलेका थिए ।

उनले सर्वाधिक ५८ रन बनाउँदा आर्मीले एपीएफलाई २१२ रनको लक्ष्य दिएको थियो ।

चौथो पटक फाइनल खेलेको आर्मीले निर्धारित पुरा खेल खेल्दै ९ विकेट गुमाएर २सय११ रन बनाएको थियो ।

एपीएफविरुद्धको फाइनलमा आर्मीले नयाँ रणनीति अपनाएको थियो । जसमा उसले आफ्नो टेल एन्डर ब्याट्सम्यान सुशन भारीलाई ओपनिङमा पठाएको थियो । उनीसँग अनिल मण्डल ओपनिङमा थिए ।

आर्मीले विकेटको अवस्था अनुसार ब्याटिङ रणनीति बनाएको थियो । जसमा ओपनिङ रणनीतिमा उसले सफलता हात पारेको थियो । ओपनर द्वयले ९ ओभरसम्म खेलेका थिए ।

ओपनिङ आएका सुशनले १३ रन र अनिलले ११ रन जोडेका थिए । आर्मीका लागि सर्वाधिक रन बनाएका हरि चौहानले कम योगफलमा रहेको आर्मीको ब्याटिङ माथि उकासेका थिए । जसमा उनले १०२ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५८ रन बनाए ।

यस्तै, आर्मीका राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

आर्मीको आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका लोकेश बमले आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका थिए । तर, ९ बलमा १५ रन बनाएर खेलिरहेका उनलाई अभिनाष बोहराले किशोर महतोमार्फत क्याच गराए ।

यस्तै, रोहित पौडेलले ३० बलको सामना गर्दै ३० रन, ३६ बलको सामना गरेका भिम सार्कीले ७ रन, बिक्रम शोवले ११ रन बनाए भने साहब आलमले २१ रन प्रहार गरे ।

टस जितेर फिल्डिङ रोजेको एपीएफका लागि अभिनाष बोहराले उत्कृष्ट बलिङ गरे । उनले ९ ओेभर बलिङ गर्दै २ मेडन ओभरसहित २५ रन खर्चेर ४ विकेट लिएका छन् ।

यस्तै, एपीएफका भुवन कार्कीले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर १ विकेट लिए भने कमलसिंह ऐरीले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३४ रन खर्चेर १ विकेट लिए । किशोर महतोले १० ओभर बलिङ गर्दै ५३ रन खर्चेर २ विकेट, शरद भेषवकरले एक विकेट लिए ।

प्रतियोगिताको विजेता आर्मीले १० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ५ लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा १४ विकेट लिएका एपीएफका अभिनाष बोहरा शीर्ष स्थानमा छन् भने बागमती प्रदेशका पृथु बास्कोटा शीर्ष स्थानमा छन् ।