काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला र बालबालिका माथि हिंसा गर्ने कोहीपनि उन्नमुक्ति नहुने बताएकि छिन् । मन्त्रालयले आयोजना गरेको ‘जनप्रतिनिधिका लागि लौङ्गिक हिंसासम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम’ को समापन अवसरमा उनले यस्ताे बताएकि हुन् ।
“हिंसाको घटना घटाउनेलाई कुनैपनि बहानामा उन्मुक्ति दिइने छैन् ।” उनले भनिन् । मन्त्री थापाले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले सशक्त रुपमा काम गर्नुपर्नेमा उनकाे जाेड थियाे । महिला अधिकारकर्मी शर्मिला कार्कीले समाज रुपान्तरणसंगै महिलाले पनि धेरै अधिकार पाएका छन्, प्राप्त ती अधिकारलाई संस्थागत गर्न सकेपनि ठूलो सफलता हुने बतार्इन् ।
प्रतिक्रिया