ग्लोबल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

ग्लोबल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा विशेष छुट पाउने भएका छन्।

बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार ग्लोबलका ग्राहकले नर्भिक अस्पतालमा उपचार गराउँदा छुट पाउनेछन्। तर, ग्लोबलबाट प्रिभिलेजड कस्टुमरर्स क्रेडिट कार्ड लिएका ग्राहक हुनुपर्नेछ।

बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ।

सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने सेवा अन्तर्गत प्याथोलोजी सेवा, सिटिस्क्यान, एमआएआई, रेडियोलोजी, कारडियस नन इन्भेसिभ एक्जामिनेशनस्, सर्जिकल चार्जेज, म्यामोग्राम लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् भने बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

साथै अस्पतालले आफ्नो तर्फबाट ग्राहकहरुलार्ई विभिन्न सेवाहरुमा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नसक्ने छन्।