टिकापुरमा स्टार तेक्वान्दोको शाखा विस्तार

टिकापुरमा स्टार तेक्वान्दोको शाखा विस्तार


कैलाली – स्टार तेक्वान्दो संस्थाले कैलाली टिकापुरमा पनि शाखा विस्तार गरेको छ । विगत दुइ दशक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गर्द‌ै आएको उसले भारतमा धेरै महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

नेपालमा पनि उसले तेक्वान्दो विकासका लागि प्राथमिकता दिएको छ । स्टार तेक्वान्दो संस्थापक अध्यक्ष प्रकाश जैगडिका अनुसार आफूले स्वदेशमा पनि तेक्वान्दो विस्तार गर्ने उदेश्यका साथ स्वकार्य थालनी गरेको बताए । कैलालीको टीकापुरमा स्टार तेक्वान्दो एण्ड एकाडेमीको एक कार्यक्रमकाबीच आईतवार उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्रि शाहले स्टार तेक्वान्दो एकाडेमिको स्थापनाले सुदूरपश्चिम प्रदेशको टीकापुर क्षेत्रलाई राष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

टीकापुर क्षेत्रमा तेक्वान्दो एकाडेमी स्थापना गरेर जैगडिले राम्रो कामको शुरूवात गरेको भन्दै भारतको गोवा पछि नेपाली भुमिमा आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ लागिरहेका व्यक्तिलाई सहयोग गर्न आग्रह गरे ।

मुख्य प्रशिक्षक,स्टार तेक्वान्दो ऐकाडेमिका संस्थापक प्रकाश जैगडीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथि संविधान सभाका सदस्य तथा पुर्व सासद हरि ज्ञवालिले स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमी स्थापनाले यश क्षेत्रको खेलमा ठुलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासंघका केन्द्रीय सदस्य राजमँन्दिर श्रेष्ठ,सुदुरपश्चिम प्रदेश तेक्वान्दो समितिले छुट्टाछुटटै तेक्वान्डो खेलको प्याटन सो समेत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमीका सँस्थापक तथा प्रमुख प्रशिक्षक प्रकाश जैगडिले आफ्नो कला,ज्ञान,सीपलाई आफ्नो ठाउमा लागु गर्नुका साथै लागुऔषध दुर्व्यशनको सिकार भैरहेका युवाहरुलाई सकारात्मक बाटो तर्फ लिन समेत एकाडमीको स्थापना गरेको बताए ।

कार्यक्रममा शसस्त्र प्रहरी बल टीकापुरका प्रमुख राज कुमार लामिछाने ,ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मधुसुदन न्यौपाने,नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासँघका केन्द्रीय सदस्य रुप सिँह मोक्तान,होम सुनार,बिरेन्द बहादुर शाही,बाके जिल्ला आई टि एफका रँजित गिरी लगायतको उपस्थित रहेको थियो ।

डी बी सुनारले स्वागत गरेको कार्यक्रममा,नेपाल आईटी एफका केन्द्रीय अध्यक्ष अजन धमाला,गौरिगँगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष जगत जैगडी लगायतले धारणा राखेका थिए भने सुदिप बिकले कार्यक्रमको सँचालन गरेका थिए ।