ओलीमाथी देव गुरुङको हमला : सहमती तोडेर एकता भाड्न लागेको आरोप

ओलीमाथी देव गुरुङको हमला : सहमती तोडेर एकता भाड्न लागेको आरोप


भक्तपुर– माओवादी केन्द्रका नेता देबप्रसाद गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री समेत रहेका ओलीको ब्यबहारका कारण एमाले–माओवादी एकतामा शंका देखिएको गुरुङले बताएका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग परामर्श नगरी महत्वपुर्ण निर्णय गरेको आरोप लगाए । ‘क्याबिनेटबाट गरिने निर्णय बाहेक अरु महत्वपूर्ण निर्णयमा बेवास्ता गरिनुले पनि विश्वासको वातावरण नबनेको हो ।’ गुरुङले भने ।

पुर्व मन्त्री समेत रहेका माओवादी नेता गुरुङले एमाले अध्यक्ष ओलीले पुर्व सहमतीको पालना नगरेको आरोप समेत लगाए । उनले पार्टी एकीकरणसंगै दुई अध्यक्ष रहने र सरकारको नेतृत्व समेत पालैपालो गर्ने सहमतीमा ओली असहमत हुंदा समस्या उत्पन्न भएको बताए ।

गुरुङले माओवादी अध्यक्ष प्रचण्डलाई एमालेले सेरोमोनियल बनाउन खोजेको आराप समेत लगाए ।