काठमाडौँ उत्रिय भारतीय प्रधानमन्त्री मोदी, परराष्ट्रमन्त्री ज्ञवालीले गरे स्वागत

काठमाडौँ उत्रिय भारतीय प्रधानमन्त्री मोदी, परराष्ट्रमन्त्री ज्ञवालीले गरे स्वागत


काठमाडौँ– नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुर्इपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलार्इ स्वागत गरेका छन् ।

काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुगेका हुन् ।