पोलार्डले हाने ६ बलमा ६ छक्का, श्रीलंका ४ विकेटले पराजित

पोलार्डले हाने ६ बलमा ६ छक्का, श्रीलंका ४ विकेटले पराजित


एजेन्सी – टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ ।

श्रीलंकाविरुद्धको तीन खेलको पहिलो खेलमा वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डको उत्कृष्ट ब्याटिङमा श्रीलंका ४ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको घरेलु टिम श्रीलंकाले ९ विकेटको क्षतिमा १३१ रन जोड्यो । उसका लागि पाथुन निशंकाले सबैभन्दा बढी ३९ रन जोडे। बलिङमा वेस्ट इन्डिजका ओबे म्याकेएले २ विकेट लिए ।

१३२ रनको सामान्य लक्ष्य वेस्ट इन्जिजले १३.१ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । वेस्ट इन्डिजको जितमा कप्तान पोलार्डले ११ बलमा ३८ रन जोडे ।

उनले छैटौं ओभरको ६ बलमै छक्का प्रहार गरेका थिए । सो ओभरमा श्रीलंकाका अकिला धनन्जयले बलिङ गरेका थिए ।