फुटबलका गोलकिपर किरणले जिते ‘प्लेअर अफ दि मन्थ’को अवार्ड

फुटबलका गोलकिपर किरणले जिते ‘प्लेअर अफ दि मन्थ’को अवार्ड


काठमाण्डु– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले ‘प्लेअर अफ दि मन्थ अवार्ड’ जित्न सफल भएका छन् ।

राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका किरणले ‘प्लेअर अफ दि मन्थ’को अवार्ड जितेका हुन् । साथै  उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् ।

भारतमा भइरहेको आई लिगमा किरणले पञ्जावका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा कप्तानीसमेत गरेका थिए ।

किरणले प्लेअर अफ दि मन्थ अवार्ड पाएपछि आफ्नो करियरमा यो अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले यसका लागि टिमको सबै सदस्यको योगदान रहेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।