‘डिशहोम गो’ मा अब ७० वटा च्यानल

‘डिशहोम गो’ मा अब ७० वटा च्यानल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिशहोममा अब ७० वटा च्यानल हेर्न मिल्ने भएको छ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखीे ‘डिशहोम गो’ प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको हो ।

यस संगै ‘डिशहोम गो’ एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ । जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्ने डिशहोमले जनाएको छ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘ डिशहोम गो’ मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।