काठमाण्डु – नेपाल चललिचत्र प्राविधिक संघको आयोजनामा ‘१० औं नेफ्टा फिल्म अवार्ड’ सम्पन्न भएको छ ।
शनिबार काठमाण्डुमा सम्पन्न अवार्ड समारोहमा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ चलचित्र सर्वाधिक विधामा उत्कृष्ट भएका छन् । छक्का पन्जा ३ र प्रसाद समान ६/६ विधामा सर्वोत्कृष्ट घोषित भएका हुन् ।
उक्त अवार्ड समारोहमा २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट ३१ विधाका उत्कृष्ट कलाकार तथा निर्देशकलाई अवार्ड वितरण गरिएको हो ।
विभिन्न विधामा अवार्ड पाउनेहरुः
मेकअप एन्ड हेयर: शमशेर लामा– रोमियो एन्ड मुना
कस्ट्युम डिजाइनर: युबी थापा– इन्टुमिन्टु लन्डनमा
कला निर्देशक: पासाङ टी शेर्पा– रोमियो एन्ड मुना
ब्याकग्राउन्ड स्कोर: एलिस कार्की– डमरुको डन्डिबियो
ध्वनी मिश्रण: मुकेश शाह– डमरुको डन्डिबियो
गीतकार: जाऊँ माया सरर, गणेश शाह– प्रसाद
संगीत: जाऊँ माया सरर, सुवास भुषाल– प्रसाद
एरेन्जर: जाऊँ माया सरर, उदयराज पौडेल– प्रसाद
गायक: जाऊँ माया सरर, केतन क्षेत्री– प्रसाद
गायिका: समिक्षा अधिकारी– नाइँ नभन्नू ल–३
कथा: छक्का पञ्जा–३
पटकथा: छक्का पञ्जा ३– दीपकराज गिरी
संवाद: सुशिल पौडेल– प्रसाद
ट्रेलर: साहिल खान– ए मेरो हजुर ३
भीएफएक्स: रोमियो एन्ड मुना
रङ संयोजन: अर्जुन कार्की– हरी
आदिवासी जनजाति: प्राङ्गना– तामाङ फिल्म
सह–अभिनेत्री (महिला): सुरक्षा पन्त– गोपी
सह–अभिनेता (पुरुष): अनुप बराल– डमरुको डन्डिबियो
अभिनेता–नेगेटिभ रोल: प्रमोद अग्रहरी – कथा काठमाण्डू्
अभिनेता कमेडी: केदार घिमिरे– छक्का पञ्जा ३
द्वन्द्व निर्देशक: चन्द्र पन्त– रणवीर
नृत्य निर्देशक: कविराज गहतराज– ए मेरो हजुर ३
डेब्यु अभिनेत्री (महिला): सुहाना थापा– ए मेरो हजुर ३
डेब्यु अभिनेता (पुरुष): धीरज मगर– इन्टु मिन्टु लन्डनमा
डेब्यु निर्देशक: संगीता श्रेष्ठ – कथा काठमाण्डु
सम्पादक: मित्र गुरुङ – कथा काठमाण्डु
छायांकार: चिन्तनराज भण्डारी– हरी
पपुलर अभिनेत्री: साम्राज्ञी शाह
पपुलर अभिनेता: अनमोल केसी
पपुलर फिल्म: छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म: हरि
अभिनेता: बिपिन कार्की– प्रसाद
अभिनेत्री: मेनुका प्रधान– साइँली
निर्देशक: दीपाश्री निरौला– छक्का पञ्जा ३
फिल्म: छक्का पञ्जा ३
प्रतिक्रिया