काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकन गर्ने भएको छ ।
सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले नेकपा पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गरेर पूर्ववत् अवस्था(नेकपा एमाले र माओवादी केन्द्र)मा फर्कन फैसला गरेको थियो ।
त्यस्तै बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीमकरणका लागि छलफललाई तिव्रता दिने निर्णय गरेको छ । उपाध्यक्ष श्रेष्ठले नयाँ सरकार गठनका लागि दुई प्रमुख दलसँगको छलफललाई तिव्रता दिने बताए ।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीका विषयमा कुनै निर्णय नगरेको उनले जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले मन्त्रीहरुले अहिलेसम्म कुनै जवाफ नदिएको बताए ।
आजको बैठकमा जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, जयपुरी घर्ती, प्रकाश पोखरेल, खिलाराम आचार्य, रामचन्द्र झालगायतका २० जना केन्द्रीय सदस्यहरुले आफ्ना भनाई राखेका थिए । बैठक पुनः केही दिन पछाडि बस्ने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया