अाेली-प्रचण्डबीच भेटबार्ता : एकताकाे मिति भोलि नै घोषणा हुने

अाेली-प्रचण्डबीच भेटबार्ता : एकताकाे मिति भोलि नै घोषणा हुने


काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटबार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे एक्लाएक्लै भेटवार्तामा एमाले-माअाेवादीबीच पार्टी एकताका बिषयमा छलफल भएकाे हाे ।

उनीहरूबीच भाेली नै पार्टी एकताकाे मिति घोषणा हुने भएको छ । भेटवार्तामा दुवै नेताहरुबीच एकताबारे आज गम्भिर छलफल भएको थियो । पछिल्लो समय दुई पार्टीबीचको एकता टरेको हो कि भन्ने हल्ला चलिरहेको बेला दुई अध्यक्षबीच आज वार्ता भएको हो ।

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ।

शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ भने माअाेवादी केन्द्रले पनि ४ बजे नै केन्द्रीय कार्यालयको विस्तारित बैठक बाेलाएकाे छ ।

*अध्याधिक गरिएकाे