युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छ : पूर्वमन्त्री भट्ट

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छ : पूर्वमन्त्री भट्ट


भीमदत्तनगर- माअाेवादी केन्द्रका नेता लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन पहल गर्नुपर्दछ ‘ उनले भने , पूर्ववाणिज्य तथा आपू्र्तिमन्त्रीसमेत रहेका नेता भट्टले अन्तर्राष्ट्रिय मागअनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको  दावी गरे ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताए । ‘व्यापार घाटा आठ अर्ब नाघिसक्यो,’ उनले भने, ‘व्यापार घाटालाई कम गर्न निकासीकर्तालाईसमेत दक्ष बनाउन आवश्यक छ ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गरे। तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं ७ का २० जना व्यावसायी सहभागी छन् । रासस