शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी


काठमाण्डु –  शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई तीन शून्य गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जका लागि सिर्जनराम गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक–एक गोल गरे ।

खेलको २०औँ मिनेटमा वीरगञ्जका लागि गौतमले पहिलो गोल गर्नुभएको थियो । खेलको ६६औँ मिनेटमा चौधरीले दोस्रो गोल गर्दै खेललाई दुई शून्यको अवस्थामा पु¥याए । यस्तै खेलको ७५औँ मिनेटमा शाक्यले वीरगञ्जका लागि तेस्रो गोल गर्दै तीन शून्यका साथ आफ्नो टोलीलाई जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको वीरगञ्जले दुई खेलबाट छ अङ्क जोडेको छ । महावीर अङ्कविहीन अवस्थामा छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।