एकताको निर्णय अनुमोदन गर्दै पार्टी एकता संयोजन समितिको बैठक सकियो

एकताको निर्णय अनुमोदन गर्दै पार्टी एकता संयोजन समितिको बैठक सकियो


काठमाडाैँ-  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतालार्इ अाैपचारीक घोषणा गर्नका लागी बसेकाे पार्टी एकता संयाेजन समितिकाे बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले एकताको निर्णय अनुमोदन गरेकाे छ ।

बैठकले संयुक्त कार्यदलले तयार पारेको नयाँ पार्टीको संगठनात्मक संरचना तथा बिधान पनि पारित गरेको छ । एकता संयोजन समितिले एकता अनुमोदन गरिसकेकाले अब दुवै पार्टीका केन्द्रीय समितिले अनुमोदन गर्ने छन् । दुवै पार्टीले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछन्। र, पार्टी विघटन भएको घोषणा गरिनेछ। आजै साँझ राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा हुनेछ।

केन्द्रीय समिति तथा स्थायी समितिमा रहने सदस्यहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । आ–आफ्नो केन्द्रीय समितिको बैठकपछि दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बस्ने र नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने एकमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ ।