काठमाडाैँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भएको छ । निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
उनका अनुसार अब नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय हुने भएको छ । एकता संयोजन समितिको बैठकले यो विषय टुंगो लगाएको थियो । अब दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ भने अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ ।
प्रतिक्रिया