काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले औद्योगीक क्षेत्रमा लोडसेडिङ्मुक्त घोषणा गरेपछि उद्योग बाणिज्य महासंघले उर्जामन्त्री वर्षमान पुनको अभिनन्दन गरेको छ ।
अत्याधिक उर्जा माग हुने औद्योगीक क्षेत्रमा लोडसेडिङ नहुनेभएपछि महासंघकी अध्यक्ष भवानी राणाको संयोजकत्वमा उत्साहित उद्योगीहरुले उर्जामन्त्री पुनको अभिनन्दन गरेका हुन् ।
आज काठमाडौंमा गरिएको अभिनन्दनपछिको अन्तरक्रियामा बोल्दै उर्जामन्त्री पुनले उर्जा मन्त्रालय विकाश समृद्धि र सुशाशनको कुरामा सबैभन्दा बढी संवेदनशील भएको बताए ।
उनले २ तिहाई जनता कृषिमा निर्भर भएको र त्यसमा सिँचाईको व्यवस्था आवश्यक भएको उल्लेख गरे ।
उनले भने, ‘अबको आर्थिक समृद्धिको मुल आधार उर्जा र सिंचाई हो । अब यस सम्बन्धी कार्ययोजना बनाएर अगाडी बढ्छौं । ’
७ वटै प्रदेश, स्थानीय सरकार र संघीय सरकारसँग साझेदारी गरेर अबको १० वर्षमा १० हजार मेगावट विद्युत निकाल्ने योजना भएको उनले बताए । यसमा नीजि क्षेत्रलाई पनि लगानी गर्ने वातावरण बनाउने उर्जामन्त्री पुनले प्रतिबद्धता जनाए ।
उद्योगमा धेरै उर्जाको माग हुने र यस क्षेत्रमा समस्या समाधान भएको भएको मन्त्री पुनले बताए ।
प्रतिक्रिया