नेकपाको ऐतिहासिक घोषणा, के भने अाेली–प्रचण्डले?

नेकपाको ऐतिहासिक घोषणा, के भने अाेली–प्रचण्डले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌– एमाले  र माओवादी केन्द्रबीचको एकता  प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बेलुका ऐतिहासिक घोषणा गरिएको छ।

विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापनाकाे  घोषणा गरेका हुन्।

प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताए।राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै उहाँले पहिले मिलिजुली सरकार भए पनि अब एउटै पार्टीको सरकार भएको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफूहरुले तीन चौथाइ मत ल्याउने पनि दावी गर्नुभयो । उहाँले पार्टी एकतालाई पनि ठट्टामा उडाउनेहरुले यसलाई पनि ठट्टामा उडाउने बताए।

नेपाल कम्युनिष्ट पार्टीका  ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताए। नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भने।

प्रचण्डले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गरे।

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाए।

गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।