नेकपाको दर्ता नम्बर ५६६६, केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको दर्ता नम्बर ५६६६, केन्द्रीय कार्यालय धूम्रबाराहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहने भएको छ।

एमाले र माओवादी केन्द्र विगठन पश्चात गठन भएको नेकपाका जनसंगठन र जनसम्पर्कका कामहरु पेरिसडाँडा रहने छन्।

धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन एमालेको स्थायी र पेरिसडाँडामा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ। निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नम्बर पाँच हजार ६६६ रहेको  नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए।