पूर्वसभामुख ढुंगाना भन्छन्ः प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्‍यो

पूर्वसभामुख ढुंगाना भन्छन्ः प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्‍यो


काठमाण्डु – पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार विश्वासको मत लिनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत पूर्वसभामुख ढुंगानाले माओवादी केन्द्र अदालतबाट अलग भएपछि समर्थन स्वतः फिर्ता लिए सरह भएको बताए । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रिया कसले सुरु गराउने ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘प्रधानमन्त्रीको वैधानिकताको प्रश्न लम्बिनु भनेको प्रशासन ठप्प हुनु सरह हो । विघटन गर्दा संविधान मिचियो, अहिले प्रतिनिधिसभा नियमावली मिचिदैछ । नेकपा (माओवादी केन्द्र) अदालतबाटै अलग्गिएपछि समर्थन रहेन । प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्यो । प्रकृया सुरू गर्ने गराउने कसले ?, उनले भने ।

सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । अदालतको उक्त फैसलाको ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।