आइपीएल टी–ट्वान्टी क्रिकेटः मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्दै

आइपीएल टी–ट्वान्टी क्रिकेटः मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्दै


कठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण आजदेखि सुरु हुने भएको छ । नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच भिड्दैछन् ।

मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्नेभएका छन् । बेङ्ग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको भए पनि तीन पटक नै हार ब्यहोरेको छ । यस्तै मुम्बईले पछिल्लो दुई सिजनको उपाधि लगातार जितेको थियो । यसैबीच, भारतको विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर सुरु भएकाले विशेष स्वास्थ्य सावधानी अपनाइने भएको छ ।

केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । आजदेखि सुरु हुने खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

यस्तै बस चालकको बेलाबेलामा स्वास्थ्य परीक्षण गरिने पनि बीबीसीले जनाएको छ । यसअघि १३ औं संस्करणको खेल कोरोनाको जोखिमका कारण दर्शकबिनानै खेलाइएको थियो ।