सुदूरपश्चिमद्धारा एपीएफलाई १ सय ७ रनको लक्ष्य

सुदूरपश्चिमद्धारा एपीएफलाई १ सय ७ रनको लक्ष्य


काठमाण्डु – ललितपर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत जारी फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफलाई १०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अभिजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन जोडिन् । बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, शुस्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान १÷१ विकेट लिए ।