​नेकपाले पाएको जनमत विकास र स्थिरताका लागि : प्रधानमन्त्री ओली

​नेकपाले पाएको जनमत विकास र स्थिरताका लागि : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युुनिस्ट पार्टीले पाएको जनमत विकास र स्थिरताका लागि भएको बताएका छन्।

शनिबार नेकपाको संसदीय दलको बैठकलाई संसद भवन बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

ओलीले जनमतको कदर गर्दै दुई पार्टी एक भएर देश निर्माणमा लागेको बताए। ‘हामी कुनै अहंकार गर्न ठुलो पार्टी भएका होइनौ,’ उनले भने, ‘हामी स्थिरता र विकासका लागि एक भएका छौं । कोही नआतिए हुन्छ हामीलाई अहंकार र घमण्ड गर्ने फूसर्द छैन।’

प्रधानमन्त्री ओलीले आफूहरु मान पद्वी वा शुसोभनका लागि अध्यक्ष नभएको बताए। देश निर्माण गर्नका लागि आफूहरु अध्यक्ष भएको बताए।

प्रधानमन्त्री ओलीले १० बर्षपछिको नेपालमा पर्यटकीय सम्भावना उल्लेख्य हुने बताउदै त्यस बेला नेपाल आउने पर्यटकले ‘नेपाल प्रकृति र मानवले बनाएको स्वर्ग हो’ भन्ने बताए।