शक्ति बस्नेत प्रधानमन्त्री भएको हेर्न चाहन्छन् जाजरकोटका मतदाता,यस्तो छ बस्नेतको चुनावी घरदैलो

शक्ति बस्नेत प्रधानमन्त्री भएको हेर्न चाहन्छन् जाजरकोटका मतदाता,यस्तो छ बस्नेतको चुनावी घरदैलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– वामगठवन्धनका तर्फवाट प्रतिनिधी सभाका साझा उम्मेदवार तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत र प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहको उपस्थितीमा जाजरकोटका विभिन्न ठाउमा कार्यक्रम सम्पन्न भएको   छ ।

 

 

 

कार्यक्रममा सयौंले नेपाली कांग्रेस,राप्रपा त्यागेर वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

 

 

 

केन्द्रिय राजनीति र जिल्लाको समग्र विकासका लागि महत्वपुर्ण भुमिकामा रहेका वस्नेतलाई जनताले गाउँ घरको विकास निर्माण ,खानेपानी ,विद्युतको समस्याको अन्त्य गर्न सुझाव दिएका छन् ।

 

संविधान निर्माण गरि जिल्लाको नाम उचो राखेको भन्दै यहाँका स्थानीयले बस्नेतलाई वधाई समेत दिएका छन् ।

 

 

 

 

वस्नेतले जिल्लाको विकास निर्माणका लागि केन्द्रवाट भारी मात्रामा वजेट जाजरकोटमा पठाएका कारण गाउँ गाउँमा सडक सञ्जाल विस्तार तथा मर्मत कार्य जारी रहेकै वेला स्थानीयले फेरी पनि जिताएर जिल्लालाई नमुना वनाउन विजयको सुभकामना दिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधीले वजेट विनियोजन गर्दा समस्या भएको ठाउँ भन्दा आफ्नो अनुकुलको ठाउँमा वजेट पठाएका कारण त्यो तत्काल सच्याउन वारेकोट गाउँपालिकाका स्थानीयले पुर्व गृहमन्त्री वस्नेतलाई वजेटवारे चाँसो दिन सल्लाह दिएका छन् ।

 

 

 

जनताका कुरा सुनेपछि वस्नेतले लिम्सामा छिटै स्वास्थ्य सेवा विस्तार हुँने र सञ्चारका लागि टावर थप्ने काम अन्तिम चरणमा पुगेको वताउनुभयो । जनताको समस्या नै आफ्नो समस्या भएको भन्दै भावुक भएका वस्नेतले सधै जनताको माझमै रहेको वताउनुभयो ।

 

 

 

नीजि सम्पती कुनै पनि नजोडेका वस्नेत अहिले सम्म कालेगाउँ स्थित दाईको घरमा वस्दै आएका छन् । काठमाण्डौँमा भाडाको घरमा वस्दै आएका वस्नेत सरल र ईमान्दार छवीका नेता मानिन्छन् ।

केन्द्रवाट भारी मात्रामा वजेट पठाएपनि स्थानीय स्तरमा सन्तोषजनक काम हुँन नसकेको भन्दै वस्नेतले विकासमा ईमान्दार वन्न सवैलाई सुझाव दिएका छन् । ‘अहिलेसम्म राजनीति क्रान्तिको चरण थियो, अव समाज वदल्ने काम सुरु भएको छ । ’ बस्नेतले भन्नुभयो ।

 

 

वस्नेतकै पहलमा जिल्लाका कुशेगाउँपालिकाको खुर्पा ,जुनीचाँदेको कोताग ,छेडागाडको कार्कीगाउँ, भेरी नगरपालिकाको कालेगाउँमा कृषि जेटीए स्थानीय स्तरमै सुरु भएको छ । यो भन्दा अघि जिल्लामा यो पढाई नहुँदा सुर्खेत,जुम्ला , नेपालगन्ज र चितवन गएर लाखौं रकम खर्च गर्न यहाँका विद्यार्थीहरु वाध्य थिए ।

 

 

 

वस्नेतले कुशे पर्यटन प्रर्वद्धन गर्नका लागि केन्द्रिय योजना मार्फत दाङ हुँदै सुर्खेत जाजरकोट हुँदै जुम्ला जोड्ने ७ किलोमिटर सुरुङ्ग निर्माण गरि ७ घण्टामा दाङवाट रारा पुग्ने गुरु योजना सुरु भईसकेको जानकारी समेत दिनुभयो । जसको केन्द्रविन्दु जाजरकोट हुने उहाको दाबी छ ।

 

 

 

जिल्ला अस्पतालमा वस्नेतकै पहलमा अप्रेशन सेवा सुरु गर्नुका साथै स्टाप नर्स  ,सिएमए लगायतका पढाई हुने उहांले वताउनुभयो । अहिले जिल्लाको दुर्गममा रहेको पुर्वको दल्ली स्वास्थ्य केन्द्रमा वस्नेतको आर्थिक सहयोगमा भिडियो एक्सरे सेवा समेत सुरु भएको छ । भिडियो एक्सरे गर्न पहिले यहाका स्थानीयहरु रुकुमको चौरजहारी जाने गर्दथे । बाम गठवन्धनले चुनावी अभियान जिल्लाका धेरै ठाउँमा सम्पन्न गरेको छ ।  

 

 

कार्यक्रममा नेकपा एमालेका जिल्ला ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ , एमालेको श्रम तथा रोजगार विभागका सचिव निरज आचार्य , पुर्व संसद रिता रावल , नेकपा माओवादी केन्द्रका ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्मा , स्थायी समितिका सदस्या कालीवहादुर मल्ल , समानुपातिक ससदका उम्मेदवार गगनवहादुर खड्का,पोलिटव्यूरो सदस्य रामदिप आचार्य लगाएतको टोली चुनावी कार्यक्रममा सम्वोधनका गर्दै  एकताको सन्देश दिदैं एकजुट हुन आग्रह गर्नुभयो ।

वस्नेतलाई प्रधानमन्त्री भएर आउन जनताको शुभकामना
पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभाका उम्मेदवार शक्तिवहादुर वस्नेतलाई यहाका स्थानीयले प्रधानमन्त्री भएर गाउंमा आउन शुुभकामना दिएका छन् ।  ‘जाजरकोटका स्थानीय वासिन्दा टिका चलाउनेले टिका र माला लगाई भने ’मन्त्री ज्यू अव छिटै तपालाई प्रधानमन्त्रीको रुपमा देख्ने ईच्छा छ,अर्को पटक आउदा प्रधानमन्त्री भएको देख्न पाईयोस् । ’

 

सधै रोग र भोगले मात्र चिनिने जाजरकोटलाई गृहमन्त्रीको जिल्ला भनेर जिल्लाको ईज्जत वढाएको भन्दै स्थानीयले अव प्रधानमन्त्रीको जिल्ला भनेर हेर्ने चाहाना भएको ईच्छा व्यक्त गरेका छन् । वस्नेत जनयूद्धवाट खारिएर देशको नेतृत्व गर्न पुगेका प्रभावशाली नेता हुन् ।

प्रस्तुति सहदेव वस्नेत ,अविराल यात्री